दफा ८८
ज्गानी प्रतिफल र सेवा शुल्कको भुक्तानी गर्दा कर कट्टी
(१) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको ब्याज, प्राकृतिक स्रोत, भाडा, रोयल्टी, सेवा शुल्क, कमिशन, बिक्री वोनस, अवकाश भुक्तानी र अन्य कुनै प्रतिफल तथा अवकाश भुक्तानीको रकम भुक्तानी गर्दा कुल भुक्तानी रकमको पन्ध्र प्रतिशतका दरले कर क्ट्री गर्नु पर्नेछ ।

तर देहायको भुक्तानीमा देहायका दरले कर क्ट्टी गर्नु पर्नेछ:-

(१) नेपाल सरकारबाट भएको अवकाश भुक्तानी वा स्वीकृत अवकाश कोषबाट भएको योगदानमा आधारित अवकाश भुक्तानीको हकमा दफा ६५ को उपदफा

(१) को खण्ड (ख) बमोजिम गणना गरिएको लाभमा पाँच प्रतिशतका दरले,

(२) बासिन्दा रोजगार कम्पनीले गैर बासिन्दा व्यक्तिलाई भुक्तानी गरेको कमिशनमा पाँच प्रतिशतका दरले,

(३) वायुयानको लिज (पट्टा) बापतको रकम भुक्तानी गर्दा दश प्रतिशतका -दरले,

(४) मूल्य अभिवृद्धि करमा दर्ता भएको सेवाप्रदायक बासिन्दा व्यक्ति वा मूल्य अभिवृद्धि कर छुटको कारोबार गर्ने बासिन्दा निकायलाई भुक्तानी गरेको सेवा शुल्कमा भुक्तानी रकमको एक दशमलब पाँच प्रतिशतका दरले,

(५) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको भाडा भुक्तानी गरेकोमा दश प्रतिशतका दरले, तर,

(क) मूल्य अभिवृद्धि करमा दर्ता भई सवारी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई त्यस्तो सवारी साधनको भाडा बापत भुएुक्तानी गर्ने

रकममा एक दशमलब पाँच प्रतिशतले करकट्टी गर्नु पर्नेछ ।

(ख) प्राकृतिक व्यक्तिले घर बहाल वापत प्राप्त गरेको रकममा करक्ट्री गर्नु पर्नेछैन ।

(ग) XXXX

(६) सामूहिक लगानी कोष (म्युचुअल फण्ड) बाट प्राकृतिक व्यक्तिलाई बितरण गरिने प्रतिफल रकम भुक्तानीमा पाँच प्रतिशतका दरले,

(७) वासिन्दा व्यक्तिले भूउपग्रह, ब्याण्डविथ, अप्टिकल फाइवर, दूरसञ्चार सम्बन्धी उपकरण वा विद्युत प्रशारण लाइन प्रयोग गरे वापतको भुक्तानीमा दश प्रतिशतका दरले,

(८)

तर मूल्य अभिवृद्धि करमा दर्ता भई ढुवानी सेवा प्रदान गर्ने वा ढुवानी साधन भाडामा दिने व्यवसाय गर्ने व्यक्तिलाई भुक्तानी गर्ने रकममा एक दशमलव पाँच प्रतिशतका दरले कर क्ट्री गर्नु पर्नेछ।

(९) बासिन्दा बैङ्क तथा वित्तीय संस्थाले नेपाल राष्ट्र बैङ्कले तोकेको क्षेत्रमा लगानी गर्न “विदेशी बैङ्क वा अन्य बित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको क्रृण बापतको ब्याज भुक्तानी गर्दा दश प्रतिशतका दरले,

(९क) संवत्‌ २०८२ साल चैत महिनासम्म वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) सम्पन्न हुने दुई सय मेगावाटभन्दा माथिका जलाशय तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाले विदेशी बैङ्क वा अन्य विदेशी वित्तीय संस्थाबाट विदेशी मुद्रामा लिएको त्रष्ण बापतको ब्याज भुक्तानी गर्दा पाँच प्रतिशतका दरले।

(१०) उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा प्रचलित कानून बमोजिम भुक्तानी कार्ड, इ-मनी (वालेट), मोबाइल बैब्किञ्व जस्ता विद्युतीय भुक्तानीका उपकरणबाट भुक्तानी गरे बापत प्रदान गरिने प्रोत्साहन रकममा कर क्ट्टी गर्नुपर्ने छैन।

(११) विदेशी विद्यालय वा विश्वविद्यालयलाई रजिष्ट्रेशन शुल्क, शिक्षण शुल्क तथा परीक्षा शुल्क बापतको रकम भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशतका दरले।

(१२) बासिन्दा बैङ्क तथा वित्तीय संस्थाले जीवन बीमा कम्पनीलाई निक्षेप बापत भुक्तानी गरेको ब्याजमा पाँच प्रतिशतका दरले।

(१३) साहित्यिक लेख वा रचना बापत बासिन्दा व्यक्तिलाई रोयल्टी रकम भुक्तानी गर्दा भुक्तानी रकमको एक दशमलब पाँच प्रतिशतका दरले।

(२) बासिन्दा व्यक्तिले नेपालमा स्रोत भएको देहायका भुक्तानी गर्दा देहायका दरले करक्ट्री गर्नु पर्नेछ:-

(क) लाभांश भुक्तानी गरेकोमा भुक्तानी रकमको पाँच प्रतिशत,

(ख) लगानी बीमाको लाभ भुक्तानी गर्दा भुक्तानी रकमको पाँच प्रतिशत, वा

(ग) स्वीकृति नलिएको अवकाश कोषबाट लाभ भुक्तानी गर्दा लाभ रकमको पाँच प्रतिशत ।

(३) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए: तापनि बासिन्दा बैङ्क, वित्तीय संस्था, सहकारी वा क्रणपत्र जारी गर्ने अन्य कुनै निकाय वा प्रचलित कानून बमोजिम सूचीकृत भएका “कम्पनीले कुनै प्राकृतिक व्यक्तिलाई निक्षेप, त्रणपत्र, डिवेञ्जचर तथा सरकारी बण्ड बापत देहाय बमोजिमको ब्याज वा ब्याज बापतको कुनै रकम भुक्तानी दिँदा कुल भुक्तानी रकममा -छ प्रतिशतका दरले करक्ट्री गर्नु पर्नेछ:-

(क) नेपालमा स्रोत भएको, र

(ख) व्यवसाय सञ्चालनसँग सम्बन्धित नभएको ।

(४) उपदफा (१),(२) र (३) मा जुनसुकै कुरा लेखिएको भए

तापनि देहायका भुक्तानी गर्दा यो दफा लागू हुने छैनः-

(क)- प्राकृतिक व्यक्तिले गरेको व्यवसाय सञ्चालनसँग सम्बन्धित बाहेकका अन्य कुनै भुक्तानी,

(क१) पत्रपत्रिकामा प्रकाशित लेख रचना बापतको भुक्तानी ।

(ख) बासिन्दा बैङ्क वा अरु बासिन्दा वित्तीय संस्थालाई तिरेको ब्याज, वा नि(खो रनर

(ग) कर छुट पाएको भुक्तानी वा दफा ८७ बमोजिम कर कट्टी हुनुपर्ने भुक्तानी ।

(घ) क्रेडिट कार्ड जारी गर्ने बैङ्कलाई तिरेको इण्टररिजनल इण्टरचेन्ज शुल्क,

(ङ) सामूहिक लगानी कोष (म्युचुअल फण्ड) लाई भुक्तानी गरिएको लाभांश र व्याज ।